५ आश्विन २०८१, शनिबार | September 21, 2024

६१ जना सहसचिवको सरुवा



काठमाडौँ, फागुन १२

सरकारले एकै पटक ६१ जना सहसचिवको सरुवा गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घ तथा प्रदेशका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । सरुवा गर्ने मन्त्रिपरिषद्को नीतिगत निर्णयसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राति अबेर गरी मात्रै सूचीलाई अन्तिम रूप दिएको हो । 

सरुवा हुनेमा सबै भन्दा बढी गृह मन्त्रालयमा नै कार्यरत रहेका छन् । स्रोतका अनुसार गृह मन्त्रालयमा रहेका १० सहसचिवको सरुवा गरिएको छ १० जना नै गृह प्रवेश भएका छन् । 

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत प्रदेश मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ । 

नयाँ बढुवा भएको १५ जना सहसचिवहरुमध्ये अधिकांशलाई प्रदेश मन्त्रालयहरुमा सरुवा गरिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : ५५ बजे