२ आश्विन २०८१, बुधबार | September 18, 2024

आईसीसी क्रिकेट विश्वकप लिग २ मा यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य



आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्युगिनी र युएई बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोद्यी यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए भने नेपाल तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : ३४ बजे