६ आश्विन २०८१, आइतबार | September 22, 2024

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी



फागुन २५, काठमाण्डौं

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका छन्। उनी निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले संघतर्फ ९८ र प्रदेशतर्फ १६२ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतकाले मतदान गरेका थिए भने राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी नै भएनन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : ३३ बजे