६ आश्विन २०८१, आइतबार | September 22, 2024

उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नगर्न आयोगको निर्देशन



निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ।

शुक्रबार बसेको आयोगको बैठकले “राष्ट्रपति जुन लिङ्ग वा समुदायको हो ?, सो भन्दा फरकलाई मनोनयन गर्नुपर्ने” व्यवस्था संविधानमा उल्लेख रहेकोले चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा निर्वाचित राष्ट्रपति भन्दा फरक लिङ्ग एवं समुदायको लागि मात्र मनोनयन दर्ता गराउन आयोगले निर्देशन दिएको छ |

उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : २० बजे