६ आश्विन २०८१, आइतबार | September 22, 2024

सांसद पद रिक्त रहेको सभालाई जानकारी



प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराउनुभयो । उहाँले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराउनुभएको हो ।

यादव बारा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।यादव यही चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सांसद पदबाट राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : २६ बजे