७ आश्विन २०८१, सोमबार | September 24, 2024

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे



चैत्र-१३

सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उहाँले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिनुभयो ।    
    
 सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान दिन नसकिएको उहाँको भनाइ छ । “नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुनेगर्छ”, उहाँले भन्नुभयो, “तर यो विषयको प्रचारप्रसार र विकास जसरी हुनुपर्ने थियो सो अनुसार हुन सकेको छैन ।”    
    
 उहाँले सहरीकरण र प्रकृतिमा आइरहेका प्रतिकूल परिवर्तनले आखाँका समस्या बढेको र दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताउनुभयो ।    

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १२ : १७ बजे