८ आश्विन २०८१, मंगलबार | September 24, 2024

उम्मेदवारी दर्ता गराउन रवि लामिछाने निर्वाचन अधिकृतको कार्यालयमा



चैत-२०, चितवन ।

वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको उम्मेदवारी दर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।  कार्यालयमा पुगेसँगै लामिछानेको उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएको हो ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो । चितवन–२ मा नेकपा (एमाले) ले रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठ, राप्रपाले जीवलाल पुरी, हाम्रो नेपाली पार्टीले शम्भु थापालाई उम्मेदवारको रुपमा सिफारिस गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : १९ बजे