४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

आजबाट बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने



आजदेखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म बन्द सो सडक खण्ड बन्द रहने जनाइएको छ । साथै, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध हुने छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : ५६ बजे