२१ मंसिर २०८२, शनिबार | December 6, 2025

आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरण हुने



चैत २३

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरण गरिनेछ ।

निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको जनाएको छ । त्यसपश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आज चुनाव चिह्न वितरण भएपछि उपनिर्वाचनको प्रसार-प्रसार सुरु हुनेछ । आगामी वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  १० : १७ बजे