८ आश्विन २०८१, मंगलबार | September 24, 2024

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



चैत्र-२९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।    
    
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।    
    
समितिसँगको बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गर्नुभयो ।    
–––  

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ०० बजे