२ आश्विन २०८१, बुधबार | September 18, 2024

चितवन लगायत देशभर १४० भन्दा बढी स्थानमा आगलागी साथै बातावरण प्रदूषण



चितवन,चैत्र-३०

बारा, पर्सा, चितवन लगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र प्रदूषणका कारण काठमाडौँ उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ ।

वातावरण विभागका अनुसार बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै विभागले विशेष सावधानी अपनाउन भनेको छ ।

अझ विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किन विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै सबै नागरिकले घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ ।

साथै विभागले वन डढेलो नियन्त्रणको लागि सरोकारवाला निकायहरुसँग हातेमालो गर्न आम समुदायलाई अपिल पनि गरेको छ ।

‘फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ’, विभागले भनेको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउनु हुन आम सर्वसाधारण सबैमा हार्दिक अनुरोध गरिन्छ ।

लागेको डढेलो र प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ ।

वातावरण विभागका अनुसार बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै विभागले विशेष सावधानी अपनाउन भनेको छ ।

अझ विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किन विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै सबै नागरिकले घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ ।

साथै विभागले वन डढेलो नियन्त्रणको लागि सरोकारवाला निकायहरुसँग हातेमालो गर्न आम समुदायलाई अपिल पनि गरेको छ ।

‘फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ’, विभागले भनेको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउनु हुन आम सर्वसाधारण सबैमा हार्दिक अनुरोध गरिन्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ९ : २८ बजे