१३ आश्विन २०८१, आइतबार | September 29, 2024

फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ जाँदैछ: मन्त्री किराँती



फ्लाई दुबईको जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुन: दुबई तर्फ प्रस्थान गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्‍थान भएको जानकारी दिएका हुन्।

काठमाडौ‌को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगो लागेको समेत देखिएको थियो।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ११ बजे