काठमाडौँ, २४ वैशाख
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गर्नुभएको छ ।
आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले आजै दिउँसो मन्त्रालयमा पदबहाली गर्नुभएको हो । उहाँले बाल विवाहविरुद्धको रणनीति, २०७२ संशोधन सार्वजनीकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गर्नुभयो ।
प्रतिक्रिया