५ असार २०८३, शुक्रबार | June 19, 2026

पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा



बैशाख-३०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोरकिशोरीमाथि गरेको यौन दुव्र्यवहार निन्दनीय भएको समेत जनाइएको छ ।

“राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो पार्टीले २०७९ साल भदौ ११ गते खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन, सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी राईले किशोरकिशोरीमाथि गरेको दुव्र्यवहार निन्दनीय भएको र निजलाई कानुनबमोजिम कारबाही हुनुपर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ३ : ४९ बजे