१९ माघ २०८२, आइतबार | February 1, 2026

आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्लका वर्षाको सम्भावना, कोशी र मधेस प्रदेशमा हावाहुरी



देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्ष भइरहेको मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार बाँकी भूभागमा पनि बदलीको अवस्था छ।

‘दिउँसोपख देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ उनले भने, ‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ६ : ५२ बजे