२२ मंसिर २०८२, आइतबार | December 7, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जानालाई म्याद थपका लागि अदालत लगिँदै



जेठ-०९

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ। आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा  १६ जनालाई पक्राउ गरेर करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले हिजो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ।

अब सरकारी वकिलहरुले अध्ययन अनुसन्धान गरी अदालतमा मुद्धा दायर गर्ने छन्। उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले बिहीबारसम्म जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी गरेको छ। मुद्दा दायर नहुँदासम्म पक्राउ परेका १६ जनालाई थुनामै राख्न अनुमति लिनको लागि आज अदालत उपस्थित गराइँदै छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १० : ४३ बजे