११ आश्विन २०८३, आइतबार | September 27, 2026

राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ: उपेन्द्र यादव



जेठ-१०

जनता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगलाई खारेज गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद यादवले उक्त कुरा बताएका हुन्।

सत्तारुढ दलका सांसद यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाले पूर्ण भए पनि केही कुराहरु अधुरो र अपुरो भएको बताए। उनले भने, ‘राष्ट्रिय योजना आयोगको कुनै काम नै छैन। यसलाई खारेज गरिदिए हुन्छ। यसलाई खारेज गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरे हुन्छ।’

उनले कामकाजको संस्थाले आर्थिक भार थपिएको बताए। नीति तथा कार्यक्रमको बुँदा नम्बर ३८ मा रासायनिक मल कारखाना  खोल्ने कुराको उल्लेख भए पनि कसले खोल्ने भन्ने कुरा स्पष्ट नभएको उनको टिप्पणी थियो।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  २ : ०५ बजे