जेठ-१२
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हतियार प्रयोगगरी हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराती अज्ञात व्यक्तिले घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी राईको आफ्नै घरमा हतियार प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो । उहाका अनुसार मृतकको जिउभर चोटैचोट रहेको छ ।
घटनाको अनुसन्धानका लागि जिल्लाबाट राती नै प्रहरी निरीक्षक राम किशोर शाहको नेतृतवमा प्रहरी परिचालन भएको थियो ।घटना गएराती ७–८ बजेको समयमा भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका दोषी पत्ता लगाउन तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको छ साथै घटनास्थल सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान यस अघि नै मृत्यु भइसकेको र छोराछोरीहरु अध्ययनका लागि काठमाण्डौंमा रहेको जनाइएको छ ।
प्रतिक्रिया