६ आश्विन २०८१, आइतबार | September 22, 2024

आईपीएल फाइनलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा



जेठ-१४

इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको फाइनल आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेलिदैछ । खेल साँझ ७ः४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो भने चेन्नई समूह चरणबाटै बाहिरिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो। यस खेलमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ जसमा उसले छ जित र तीन खेलमा हार बेहोरेको छ । अर्कोतर्फ चेन्नईले यस मैदानमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै हार बेहोरेको छ ।

चेन्नईका लागि धोनीको सबैभन्दा ठूलो चुनौती तीन शतक र ८५१ रन बनाएका गिलको ब्याटबाट रन रोक्नु हुनेछ। मोहम्मद शामी (२८ विकेट), राशिद खान (२७ विकेट) र मोहित शर्मा (२४ विकेट) ले राम्रो प्रदर्शनमा गरेका छन्। योसँगै गिलबाहेक पाण्ड्याले ब्याटिङमा ३२५ रन बनाएका छन्

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १ : ३२ बजे