३ असार २०८३, बुधबार | June 17, 2026

वर्षाले बिथोलिएको आईपीएलको फाइनल आज हुने



जेठ-१५

इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ। आइतबार हुने भनिएको फाइनल खेल लगातारको वर्षाका कारण बिथोलिएको थियो। वर्षा नरोकिएपछि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रिजर्भ डेमा धकेलिएको हो। आज पनि फाइनल खेल हुन नसके लिग चरणको खेलको प्रदर्शनका आधारमा हारजितको निर्णय लिइनेछ।

सोमबारको खेल पनि वर्षाबाट प्रभावित भए साबिक विजेता गुजरात टाइटन्सले उपाधि हात पार्नेछ। गुजरातले लिग चरणका १४ मध्ये १० खेल जितेको थियो भने चेन्नईले लिग चरणमा १४ मध्ये ८ खेलमा मात्र जित हासिल गरेको थियो।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : ३३ बजे