१२ आश्विन २०८१, शनिबार | September 28, 2024

भारतको नक्साको विरोधमा युवा संघको राँके जुलुस, पुत्लासमेत दहन



काठमाडौँ, जेठ-१७

भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्साको राखेपछि नेपालमा त्यसको विरोध सुरु भएको छ । बुधबार नेकपा एमालेको भ्रातृस‌ंगठन युवा संघ नेपालले राँके जुलुससहित पुत्ला दहन गरेको हो ।

यसअघि संयुक्त संगठनले पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ५८ बजे