१२ आश्विन २०८१, शनिबार | September 28, 2024

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको घट्यो



काठमाडौँ । भारतीय आयाल कर्पोरेशन (आईओसी)ले डिजेल र पेट्रोको मूल्य बढेको नयाँ मूल्य सूची पठाएको छ ।

हरेक १५ दिनको १ र १६ तारिकका आईओसीले नेपाल आयल निगम(एनओसी)लाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

नयाँ मूल्यसूची अनुसार डिजेलमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । त्यस्तै, हवाई इन्धनमा ७ रुपैयाँ मूल्य घटेको छ ।

खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिण्डर ४९ रुपैयाँ घटेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ०६ बजे