काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उच्च अधिकारी सवार एउटा गाडी शुक्रबार सुनकोसी नदीमा खसेको छ । उक्त गाडीमा सीटीईभीटीका सहसचिवलगायत सवार रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर गाडी सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको हो । गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका छन् । गाडीमा चारजना सवार थिए ।त्यसमा सवार अरू व्यक्तिको अवस्था अज्ञात रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
उनका अनुसार गाडीमा सवार व्यक्तिको खोजी जारी छ । उनीहरू भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया