१२ आश्विन २०८१, शनिबार | September 28, 2024

प्रतिनिधिसभाको बैठक १ः३० बजे बस्ने



काठमाडौँ, २३ जेठ (रासस) :
आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी गरी अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको छ । बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको हो ।

सङ्घीय संसद्का महासचिवद्वारा जारी सूचनामा ११ बजे बोलाइएको सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले आजै दिनको १ः३० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको जनाइएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण सुरु हुन नसकेको हो । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक भने सूचना टाँसेर स्थगन भइसकेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : ४४ बजे