१२ आश्विन २०८१, शनिबार | September 28, 2024

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीकाे नियुक्तिबारे स्पष्ट पार्न माग



काठमाडौँ, २३ जेठ (रासस) :
प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ र

नेपाली कांग्रेसका सांसद रामहरि कार्कीले विगतदेखि हालसम्म ती पूर्वकर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गर्नुभयो । सांसद डा अमरेशकुमार सिंहले उक्त विषयमा सरकारले स्पष्ट पार्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हरेक बजेट निर्माणमा यस्तो समस्या देखिएको तर मिलोमतोमा सामसुम हुने गरेको टिप्पणी गर्नुभयो । सोबारे अर्थमन्त्री डा प्रकाशशरण महतले बैठकलाई जवाफ दिँदै हुनुहुन्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  २ : ५२ बजे