२५ मंसिर २०८२, बुधबार | December 10, 2025

नाला सफा गर्दा ठूलो मात्रामा भेटिए बन्दुकका गोली



जेठ-२९

वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् ।  बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन् । आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।
उनका अनुसार नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, हर्नेटको १७ राउण्ड, एसएलआरको चार राउण्ड, सहित अन्य विभिन्न बन्दुकमा लाग्ने एक सय पाँच राउण्ड गोली फेला परेको हो ।
नालामा बेवारिसे अवस्थामा ठुलो मात्रामा गोली भेटिए पछि थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ९ : १६ बजे