९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुखलाई कालोमसो



जेठ-२९

पूर्वाअञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दलिएको छ। विद्यार्थीहरूले सेवा आयोगका प्रमुख महेशराज  दाहाललाई कालोमोसो दलेका हुन्।

विद्यार्थीहरूको समस्या समाधान नगरेको भन्दै सोमबार क्वाटरमै गएर दाहालमाथि कालोमोसो दलेका हुन्। पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौं समस्याका लागि लामो समयदेखि माग गरे पनि सम्बोधन नगरिएपछि कालोमोसो दल्न बाध्य भएको नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेलले बताए।

विश्वविद्यालयको नीति, नियम विपरित सेवा आयोगले निष्पक्षता नगरी आफ्नो कार्यकर्ता भर्ती गरेर अघि बढ्न खोजेकाले कालोमसो दलेको उनको भनाइ छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ७ : ०८ बजे