६ आश्विन २०८१, आइतबार | September 22, 2024

बचतको ब्याजदर यथावत रहने, ऋणको घट्‍ने!



जेठ-३१

वाणिज्य बैंकहरूमा रहेको बचतको ब्याजदर असारमा पनि यथावत रहने भएको छ।

मंगलबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर यथावत राख्ने अनौपचारिक सहमति गरेको हो।

बैंकमा लगानीयोग्य रकम बढ्दै गएको र कर्जाको माग पनि नबढेको अवस्थामा निक्षेपको पनि ब्याजदर घट्न सक्‍ने अनुमान थियो। गत वैशाखपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्‍याजदर घटबढ गरेका छैनन्।

गत वैशाखमा बचतको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको थियो। हाल वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।

निक्षेपको ब्‍याजदर यथावत राखिए पनि कर्जाको ब्याजदर भने सामान्य घट्ने एक बैंकरले बताएका छन्।

राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ४.०२ मा झार्न पनि कर्जाको ब्याजदर घटाउनुपर्ने भएको ती बैंकरको भनाइ छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ११ : ३३ बजे