११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो?: गोकुल बाँस्कोटा



असार-०५

सांसद गोकुल बाँस्कोटाले आफ्नो क्षेत्रमा बजेट नपरेको कुरा संसद भवनमा उठाएकाछन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै व्यंग्य गरेका हुन्।

उनले अर्थमन्त्री प्रकाशशरण महत र सहरी विकास मन्त्री सीता गुरूङलाई लक्षित गरी प्रश्न सोधेका छन्।

‘पनौतीमा १२ वटा वडा छन्, जुन जिल्लाको म प्रतिनिधित्व गर्छु। पनौती नगरपालिकामा १३ वडा नम्बर कहाँ पर्छ? मलाई थाहा छैन अर्थमन्त्रीज्यू, सहरी विकास मन्त्रीज्यू, मलाई थाहा छैन। १४ नम्बर वडा कहाँ पर्छ? १५ नम्बर वडा कहाँ पर्छ?,’ उनले सोधे,‘त्यसैगरी दुइटा गाउँपालिका जहाँ जहाँ बजेट छुट्याउनुभएको छ काभ्रेमा पर्दैन। बजेट गज्जबले छुट्याउनुभएको छ।’

‘कसले दियो चिर्कटो? गज्जब लाग्यो। त्यसो हुँदा मैले सोध्नुपर्ने भयो। प्रकाश सपुतलाई सम्झेर यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो?,’भन्दै व्यंग्य गरेका हुन्।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ३२ बजे