११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

मनकामनामा जीप दुर्घटनामा : मृत्युहने पाँच जनाको पहिचान



आसर-०७

गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–५ का वर्ष २४ का वीरबहादुर थापा, सोही वडाका २५ वर्षका प्रवीण थापा, १८ वर्षका नीरज थापा, वर्ष १७ की नवीना थापा रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। त्यस्तै वडा नम्बर ४ का ६४ वर्षका थमबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा १२ जना घाइते भएका थिए। उनीहरूको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको प्रहरीले बताएको छ। केही अस्पतालबाट डिस्चार्ज भएर गएका छन्।

कोटगाउँबाट १९ जना दुलहा-दुलहीसहित पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटनामा परेको थियो।

दुर्घटनामा दुलहादुलही सकुशल छन्।

नायव प्रहरी उपरीक्षक लामिछानेकाअनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

कच्ची सडक र रातको समयमा दुर्घटनामा परेको हुनाले उद्धारमा कठिनाइ भएको पनि उनले बताए।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : २५ बजे