११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

काठमाडौँ महानगरले सार्वजनिक जग्गा खोजी गरी बनाइयो उद्यान



असार-०८

काठमाडौँ महानगरपालिका–१० मा विभिन्न व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको छ ।

भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलाका लागि खुला स्थानसमेत हुनेगरी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको वडाध्यक्ष रामकुमार केसीले  जानकारी दिनुभयो । मालपोत र नापी कार्यालयको समन्वयमा अरु सार्वजनिक जग्गाको पनि खोजी जारी रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक पर्ती र विभिन्न स्थानमा निर्माण भएको उद्यानको जग्गा मिची सँधियारले घर, टहरा निर्माण गरेकाले नापजाँच गरी सार्वजनिक कायम गरिएको वडा कार्यालयले जनाएको छ ।

नयाँबानेश्वरको गौचरणको सार्वजनिक जग्गामा पनि वडा कार्यालय चालु आर्थिक वर्षमै उद्यान निर्माण गरिरहेको छ । पाँच रोपनी जग्गामा बाटो कटाएर करिब डेढ रोपनीमात्र बाँकी रहेको जनाइएको छ ।

सफा, स्वच्छ सहरको विकासका लागि विभिन्न स्थानमा फेला पारिएको सार्वजनिक जग्गामा उद्यानमा निर्माण गर्न लागिएको हो । प्राकृतिक प्रकोपका बेला पनि उद्यान उपयोग हुन सक्ने गरी निर्माण गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १२ : ०२ बजे