६ आश्विन २०८१, आइतबार | September 22, 2024

सुन जस्तो दुई किलोको धातुसहित एक पक्राउ



असार-१०

रूपन्देहीमा सुन जस्तो देखिने दुई किलोको धातुसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाट रूपन्देहीले एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट कार र चालक दाङ घोराही उपमहानगरपालिका-१० का हुमानन्द गिरीलाई पक्राउ गरेको हो। उनलाई सशस्त्र प्रहरीले गत शनिबार राति साढे ९ बजे पक्राउ गरेको हो।

नेपालबाट भारत जाँदै गरेको बा १२ च ३८२० नम्बरको कारलाई प्रहरीले चेक गरेको थियो।

चेक गर्दा गियर बक्सभित्र दुई किलो बराबरको सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ। परीक्षणबाट उक्त धातु सुन नै पुष्टि भए दुई करोड ३ लाख २७ हजार बराबरको हुने प्रहरीले जनाएको छ।

 

थप अनुसन्धानको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ११ : ५२ बजे