४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

सरकारको खातामा १ खर्ब ६६ अर्ब रकम



असार-१०

सरकारी कोषमा नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थामा डिपोजिट रहेको नगद १ खर्ब ६६ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । यो संघ, प्रदेश र स्थानीय सरकारको समेत पैसा हो ।

बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ५९ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरले डिपोजिट घटेको हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा यस्तो डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो ।  सँगै अघिल्लो वर्षको सरप्लस मौज्दात समेत घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो सरप्लस ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १२ : ४५ बजे