५ असार २०८३, शुक्रबार | June 19, 2026

मोरङको उर्लाबारीमा भेटिएको हिउँ चितुवा जावलाखेल चिडियाखानामा ल्याइयो

काठमाडौं- मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडियाखाना,जावलाखेल ल्याइएको छ। गत बुधबार भेटिएको वयस्क भाले हिउँ चितुवा शुक्रबार जावलाखेलमा ल्याइएको हो। शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलन गर्दै मोरङको उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिउँ चितुवालाई उद्धार गरेर जावलाखेल सदर चिडियाखाना ल्याइएको जानकारी दिएको हो। राष्ट्रिय निकुञ्ज…