बुटवलमा भएको सवारी दुर्घटनामा परेर पत्रकार मनोज हितंगाको मृत्यु भएको छ। गए राति मिलनचोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिएको थियो। लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०७-०२-००१ नम्बरको बसले गए राति करिब सवा ११ बजे बुटवल बसपार्क नजिकै मोटरसाइकललाई ठक्कर दिएको…