६ आश्विन २०८१, आइतबार | September 22, 2024

‘लप्सीफेदीको सबस्टेसन सार्न सकिँदैन



काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरूको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको प्रस्ट पारेको छ। 

निर्माणस्थलको जग्गा अधिग्रहणमा जग्गाधनीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको छ। हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेको प्राधिकरणले जनाएको छ।  सोहीअनुसार प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम भइरहेकाले अहिले आएर सबस्टेसन अन्यत्र सार्न नसकिने प्राधिकरणले प्रस्ट पारेको छ।

तामाकोसी तथा सुनकोसीका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्ति लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो। 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ०४ बजे