६ आश्विन २०८१, आइतबार | September 22, 2024

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो



सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ५ : ३८ बजे