४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालको लिग-२ मा लगातार चौथो रोमाञ्चक जित जित



काठमाठौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातार चौथो जित निकालेको छ।

सोमबार भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले अपराजित हुँदै सिरिज जितेको हो । 

नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित निकाल्न सफल भएको हो । 

एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा जित निकालेको यो पहिलो पटक हो । 

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले रनको अर्धशतकीय पारी खेले । बल खेलेका उनले चौका र छक्का प्रहार गर्दै रन बनाए । 

त्यस्तै करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७ र आसिफ सेखले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

स्कटल्यान्डका लागि मार्क उटले तीन विकेट लिए । त्यस्तै क्रिस ग्रेवासले दुई विकेट हात पारे । 

जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक छ । नेपालले अन्तिम त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ । 

त्यसअघि नेपालले यूएईमा पीएनजी र यूएईसँग सिरिज खेल्नेछ । च्याम्पियन स्कटल्यान्डको भने ३६ खेलबाट ५० अंक छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ११ : ०३ बजे