१ आश्विन २०८१, मंगलबार | September 17, 2024

मोलुङ हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन



मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि फाल्गुन ४ गतेबाट साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेकोमा आवेदन दिने आज फाल्गुन १० गते अंतिम दिन रहेको छ। मागभन्दा बढी आवेदन परेकाले हाइड्रोपावरको निष्काशन आज बैंकिङ्ग समयपश्च्यात बन्द हुने भएको छ।

निष्काशित शेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा ‘मेरो शेयर’ प्रयोग खदिरको आवेदन दिन सकिने छ। मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपिओमा १० कित्ता आवेदन दिए पुग्नेछ।

कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता शेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ। ५४ हजार पाँच सय ७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ। बाँकी २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयरमा सर्वसाधारणलाई निष्काशन खुल्ला गरिएको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल रहेको छ। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी’ प्रमाणपत्र प्रदान गरेको थियो।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : २९ बजे