६ आश्विन २०८१, आइतबार | September 22, 2024

सुन तथा चाँदीको मूल्य घट्यो



नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : ५४ बजे