६ आश्विन २०८१, आइतबार | September 22, 2024

हात्तीको आक्रमणबाट मकवानपुरमा एकको मृत्यु



मकवानपुर, फागुन १२

मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट बकैया गाउँपालिका-५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राको खोरतर्फ जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो।गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : ४० बजे