१५ माघ २०८२, बुधबार | January 28, 2026

अम्बे स्टीलको उद्योगमा आगलागी



बाँके, फागुन-१२

जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो।

प्रहरी, स्थानीयसँगै दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। उद्योगको तेल स्टक रहने ट्यांकी पट्किएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार करिब दुई करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी रहेको छ |

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : २४ बजे