१ आश्विन २०८१, मंगलबार | September 18, 2024

आत्मनिर्भर लघुवित्तको आइपिओ खुल्यो



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई फाल्गुन ११ गतेबाट आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ।

लघुवित्तको जारी पूँजी रु ६ करोड २३ लाख ३८ हजारको ३२.६२५% ले हुन आउने रु २ करोड ३ लाख ३८ हजार रकम बराबर प्रति शेयर रु १०० अंकित दरका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागिएको र सो मध्ये १०% अर्थात २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिएको, साधारण शेयरको सर्वसाधारणमा निष्काशन गर्न लागिएको शेयरको १.५३२६% ले हुने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्ये ५% अर्थात १० हजार १७० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने १ लाख ६९ हजार ७५५ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिएको हो।

आत्मनिर्भर लघुवित्तको आइपिओमा फाल्गुन ११ देखि फाल्गुन १५ गतेसम्म निष्काशन खुल्ला रहने छ।

इच्छुक लगानीकर्ताले लघुवित्तको आइपिओमा न्युनतम १० कित्ता देखी अधिकतम १ हजार कित्ता को लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ११ बजे