५ असार २०८३, शुक्रबार | June 19, 2026

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या



उदयपुर, फागुन १२

उदयपुरमा श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : २३ बजे