६ आश्विन २०८१, आइतबार | September 22, 2024

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आउँदा ग्याँसको मुल्य बढेर आयो



काठमाडौं । ग्यासमा भने प्रतिसिलिन्डर ३३९.६ रूपैयाँले बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो । ग्याँसको मुल्य सूची बढेर आए पनि अन्य पेट्रोलियम पदार्थको मुल्य भने घटेर आएको छ | नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेल प्रतिलिटर पाँच रुपैयाँ, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेको छ |

भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ४९ बजे