१५ असार २०८२, आइतबार | June 29, 2025

नगर प्रहरी प्रमुख माथि आक्रमण गर्ने दुई जना पक्राउ



काठमाण्डौं, फागुन-१९

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुकुम बहादुर लामा र नारायण परिश्रमिक छन् । नारायणलाई सुनसरीबाट र हुकुम बहादुर लामालाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए ।

मङ्सिर १२ मा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन खोज्दा महानगरपालिकाको प्रहरी टोलीलाई  घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीलेहरुले ढुंगामुढा प्रहार गर्दा पाण्डे सहितका प्रहरीहरु घाइते भएका थिए ।महानगरपालिकाले दिएको जाहेरीका आधारमा प्रहरीले अरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ५९ बजे