१ आश्विन २०८१, मंगलबार | September 17, 2024

कालोमोसो अभियानका संयोजक चितवनबाट पक्राउ



फागुन २४

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा प्रहरीले चितवन घर भएका शम्भु थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले सामाजिक संजालमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए ।

दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक भनिने थापालाई चितवनको भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको थियो ।

‘टिकटक’ लगायत विभिन्न सामाजिक संजालमा थापाले भिडियो पोष्ट गरेर धम्की दिएपछि बैंक तथा वित्तीय संस्थाहरूले त्यसबारे आपत्ति जनाएका थिए । 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : १० बजे