६ आश्विन २०८१, आइतबार | September 22, 2024

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने



चैत ५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद हुनुहुन्छ । रासस

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : १४ बजे