१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सर्वसाधारणलाई सगरमाथा जलविद्युत् कम्पनीको आइपिओ खुल्ला; आजबाट आवेदन दिन सकिने



चैत्र-८

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आज चैत्र ८ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आइपिओ) को निष्काशन तथा बिक्री खुल्ला गरेको छ।

जलविद्युतको आइपिओ निष्काशन तथा बिक्री चैत्र १२ गतेसम्म खुल्ला रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन चैत्र २२ गते बैंकिङ्ग समयसम्म लम्बिने छ।

सगरमाथा जलविद्युतको आइपिओमा न्युनतम १० कित्ता देखी अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।  कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १२ : ५६ बजे