६ आश्विन २०८१, आइतबार | September 23, 2024

लोसपाको बैठक बस्दै



चैत्र-९

आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।    
    
 आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिनुभयो ।    
    
 लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने वा सत्तागठबन्धनका साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा पार्टी सरकारमा सहभागी हुने विषयमा पनि छलफल हुनेछ ।रासस  

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ६ : ०५ बजे